बच्चालाइ कसरी अनुशासित बनाउने ?
तपाईं तीन–चार वर्षको बच्चालाई सुत्ने बेला खेलौना राख्न वा भिडियो बन्द गर्न भन्नुहुन्छ, ऊ मान्दैन । त्यतिबेला के गर्नुहुन्छ ? जब बच्चा गृहकार्य गर्न वा पढ्नको सट्टा खेल्नमात्र खोज्छ र कुनै दिन स्कुलमा शिक्षकको पिटाइ पनि खान्छ भन्ने सुन्नुहुन्छ, कस्तो महसुस गर्नुहुन्छ ? कहिले खान नमानेर, कुनै चिज मागेर र अझ कहिले त अरू बच्चासँंग झगडा गरेर दिक्क बनाएको बेला उसलाई अनुशासनमा राख्न तपाईंले अनेक उपाय लगाउने गर्नुभएकै होला । बच्चाले भनेको किन मान्दैन भन्ने सोच्नुभएको छ ? एक–दुई वर्षसम्म बच्चा तपाईंसंँग निर्भर हुने गथ्र्याे । उमेर बढ्दै गएपछि उसको आफ्नोपन बढ्दै जान्छ, अनि स्वतन्त्रतामा आनन्दित र अझ बढी सुरक्षित महसुस गर्न थाल्छ । केही हदसम्म उसमा विद्रोही भावना पनि आइसकेको हुन्छ । अझ महत्त्वपूर्ण कुरा त ऊ आफ्नो संवेगलाई नियन्त्रण गर्न बल्ल सिक्न थालेको हुन्छ । त्यसका लागि समय लाग्छ र निरन्तर अभ्यास पनि चाहिन्छ । बच्चाले भनेको नमान्दा हामीलाई रिस उठ्न सक्छ । कहिलेकाहीं त हामी रिस नियन्त्रण गर्न सक्दैनौं र बच्चालाई सजाय दिन्छौं । यो राम्रो हैन भन्ने हामीलाई थाहा छ । के गर्न सक्छौं त यस्ता...