Skip to main content
सवारी साधनलाई माईलेज दिने कसरी बनाउन सकिन्छ ।
- सवारी साधन जहिले पनि सवारीले मागे अनुसारको गियरमा चलाउनु पर्दछ ।
- सवारी साधनले २ गिएर मागेको छ भने ३ गियरमा दवाएर लाने चलन छ यो गलत हो ।
- सवारी साधन तिब्रगतिमा चलाउनाले तेलको बचत हुन्छ भन्ने भनाई गलत छ त्यसैले सवारी जहिले बिस्तारै चलाउने गर्नु पर्दछ ।
- सवारी साधनको पिक अप बिस्तारै लिनु पर्ने हुन्छ छिटो पिकअप लिदा एक्सलेटर धेरै दवाउनु पर्ने हुन्छ जसको कारण तेल धेरै खपत हुन्छ ।
- सवारी साधनले २ गियर मागेको छ भने छिटो पिकअपको लागि १ गियर लगाउने चलन छ यसले पनि तेल खर्च बढाईरहेको हुन्छ ।
- सवारी साधनलाई बढी भार पर्ने काम नगर्नु होला कम भन्दा कम दुःख दिनु होला यसले पनि खपत कम गर्दछ ।
- सवारी साधनलाई ६० भन्दा कम गतिमा कुदाउनु भयो भने सवारीले माईलेज दिने गर्दछ ।
- सवारी साधनमा प्रयोग गरिने मोविल पेटोल डिजलको गुणस्तरमा पनि भर पर्दछ ।
- सवारीको टायरमा ठिक मात्रामा हावा हुन पर्ने छ ।
- सधै एकै किसीमको मोविल प्रयोग गर्नु पर्छ ।
- सवारी साधनलाई स्टार्ट गर्ने बितीकै एक्लेटर दवाउन हुदैन कम्तीमा २ मिनेट र बन्द गर्नु भन्दा पहिले पनि दवाउन हुदैन ।
- हावा छान्ने फिल्टर सधै सफा राख्ने ।
nice article sir ...good job
ReplyDelete