के थाहा तिमीलाई नेपाली हुनुको मज्जा भनेर ।
नेपाली भन्ने भाषा बोल्छौ सिरमा ढाका टोपी लाउछौ ।
मन रुवाई रुवाई भन्नु परेको छ म
हिन्दुस्तानी ।
त्यसैले मलाई भन्न मन लाग्छ ।
के थाहा तिमीलाई नेपाली हुनुको मज्जा भनेर ।
गोर्खालीको अर्थ थाहा छैन तैपनी म गोर्खाली
भन्छौ ।
तिम्रा पुर्खाले घुडा टेके हाम्रा पुर्खाले
छाती थापे ।
त्यही चौडा छातीको नाम हो गोर्खाली ।
के थाहा तिमीलाई गोर्खाली हुनुको मज्जा भनेर
।
हाम्रो पुर्खाको सिंहको जस्तो गर्जन सुनेर
उतै फर्कीए
त्यही सिंहको सन्तान हो हामी न जिस्काउ तर
के थाहा तिमीलाई नेपाली हुनुको मज्जा भनेर ।
भोको पेट किन नहोस २ छाकको लागी ईमान
बेच्दैन ।
काम सानो भन्दैन ईमान्दारीता देखाउछ ।
सबै सँग मिलेर बस्छ शान्ति प्रेमी छ ।
के थाहा तिमीलाई बुध्दको सन्तान भन्नुको
मज्जा भनेर ।
हो हामी कन्दमुल खाएर बाचेका छौ ।
हिमालको चिसो पानी पिएका छौ ।
तिम्रो हनुमानलाई सोध काति शत्ति छ यसमा
भनेर ।
के थाहा तिमीलाई यो कन्दमुल खानुको मज्जा
भनेर ।
तिमी त गर्ब गछौ
नि तिम्रो देश भनेर ।
तर तिमो् देशले गर्ब गर्छ कि नै तिमी जस्तो
सन्तती पाएर ।
देशले गर्ब गर्ने सन्तान हुन कत्ती गारो छ
तिमीलाई के थाहा ।
के थाहा तिमिलाई देशले गर्ब गर्ने सन्तान
हुनुको मज्जा भनेर ।
के थाहा तिमीलाई नेपाली हुनुको मज्जा भनेर ।
Comments
Post a Comment