पैदल यात्रुले सडक प्रयोग गर्ने तरिका

   

        सडक भन्ने बित्तीकै यस्तो चिज हो, जुन धनी-गरिब, ठूलो-सानो जुनसुकै ओहदामा बस्ने मानिसले पनि सडकको प्रयोग गर्नु पर्दछ । तपाई चाहे सवारी साधन होस् वा नहोस् घरबाट निस्कने बित्तिकै सडक यात्रा सुरु हुन्छ । सडक हाम्रो यति असुरक्षित भयो कि दिनानु दिन सडक दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या बढिरहेको छ । यो सबै हाम्रो सडक प्रयोग गर्ने तरिका सम्वन्धी ज्ञानको कमीका कारण भर्इरहेकोछ । त्यसमा पैदलयात्री बढि सजग हुनुपर्ने हुन्छ किनकी क्षति पैदलयात्रीको नै बढि हुने गरेको पाइन्छ ।

 सडक प्रयोग गर्ने तरिका 

 १.      पैदलयात्रीले जहिले पनि फुटपाथको प्रयोग गर्ने बानी बसाल्नु पर्दछ ।
 २.      पैदलयात्रीले फुटपाथ नभएको ठाउमा हिडदा जहिले पनि सडकको दाहिने किनाराबाट हिडनु पर्दछ ।     ताकि अगाडीबाट आईरहेको सवारीको अवस्था के छ देख्न सकिन्छ।
 ३.      बाटो काटन परेमा आकासेपुल वा जेब्राक्रसको प्रयोग गर्नु पर्दछ ।
 ४.      बाटो काटने बेलामा आफु सुरक्षित भए मात्र       काटनु पर्दछ ।
 ५.      पैदलयात्रीले साना नानीहरु डोराएर हिडदा सवारी चलिरहेको साइडमा नभै अर्को साइडमा राख्नु पर्दछ ।  आफुले बच्चाको हात समाउनु  पर्दछ बच्चाले हाम्रो हैन ।
 ६.      रातमा हिडनेबेला चम्किलो कपडा लगाउनु पर्दछ ।
 ७ .     हातले ईशारा दिदै बाटो काट्नु होला ता कि चालकलाई समेत सजिलो होस ।

Comments