किन राखिएको रहेछ हर्न थाहा पार्इराख्नुहोस वास्तविकता !




सवारी साधन गुडाउँदा हर्न बजाउन नपाउनु अचम्मको कुरा हो । यदि यो बजाउन नमिल्ने भए किन राखिएको होला भन्ने अनेकौ कुराहरु मनमा खेल्न सक्दछ। यदि यस्तै तपाईलाई पनि भएको छ भने यो पेज सबै अध्यायन गर्नुहोला र वास्तबिकता के हो बुझौं ।


हर्न बजाउदा यसले ध्वनी प्रदुषण गराउने गर्दछ । यसको कारणले मानिसहरुमा बिभिन्न किसिमका रोगहरु लाग्न थालेको चिकित्सकहरू बताउछन । कानमा समस्या, मन-मष्तिस्कमा, छालामा, आँखामा, चिटचिटाहट हुने, रिस उठने आदि समस्या हुने गर्दछन्। यति धेरै बेफाईदा रहेछन् यसको, फाईदाको नाममा एउटा पैदल यात्रीले पनि बाटो छोडने अबस्था छैन । 

आखिर यो विश्वले कसरी प्रयोग गर्दै आएका छ त हर्नलार्इ? 

अन्य देशमा हर्न बजाउनु भनेको असभ्य काम मानिन्छ । अरुलाई गाली गलोच गर्नको लागि यसको प्रयोग हुने रहेछ । यसको राम्रो पक्ष भनेको आफु सवारीमा अड्कीएको वा अप्ठ्यारोमा परेको बेला, कुनै पनि विपत्ती परेको अवस्थामा "मलाई सहयोग गर्नुहोस" भन्ने अर्थमा यसको प्रयोग गरिन्छ । हर्न बजाउने बितिकै सबैजना सहयोग गर्न त्यो गाडीमा आईपुग्दछन् । अन्य अबस्थामा हर्न बजाउनेले सडकबाट सधैको लागि हात धुनुपर्ने अवस्था आउन सक्दछ । यदि तपाई पनि चालकको रुपमा बिदेश जादै हुनुहुन्छ भने यो बानी आजैका मिति देखि हटाउनु होला । 

Comments

Post a Comment