आखिर दमौलीमा के भायो त्यस्तो ईश्वरराज पन्थ भन्छन(दमौलीबासी होसीयार) !


उहाँकै शब्दमा -

दमौलीबासी सबैजना होसियार ! जिन्दगीमा कहिल्यै नखाएको कुटाइ खाइयो आज बेलुकी दमौली पराशर क्षेत्र बेनिपाटनमा घुम्न जांदा ।आक्रमण ठ्याक्कै बिक्रम परिवारलाई जस्तै अनुभुती भयो । संयोगले धेरै ढुङ्गा छलियो एक छपनी टाउकामा लाग्यो लछारपछार र मुक्का कति कति । हामी साथिभाईहरु, भाइ, भतिज, भान्जाहरु मिलि पसिना निकाल्ने बहाना स्वरुप बेलुकापख बेनिपाटनमा एक आधा घन्टा फूटबल खेल्छौं । खेल्न थालेपछि कोहि नयाँ साथीहरूपनि मिसिन्छन् । एउटा ड्रग्स सेवन गरेजस्तो सानो पातलो अग्लो भाइ आफै जबर्जस्ती छिर्यो भद्रगोल खेल्न थाल्यो र मनलाग्दी बोल्यो । घर फर्कने बेला छोरा, भतिज, बिध्यार्थी जस्तो सोचेर ए बाबू अंकल हरुको अगाडि यस्तो नबोलन भनेको भोलिपल्टत बाटो कुरेर हाम्रो समुहलाईनै कुटे । पछि प्रहरीलाई खबर गरेको बेनि पाटन, पराशर क्षेत्र, व्यास झुला पारी जे भने पनि प्रहरीले दुई मिनेट बोलेर बितायो तर मैले भनेको ठाउँ चिनिन भन्यो । पछि आधा घण्टा पछि यहाँ त कोहि पनि छैनत भनेर पुलिसले फोन गर्यो । कतिन उसैलाई कुरेर बस्नुपर्ने रे लास बनेर बिक्रमले जसरी। व्यास झुला (पुल) बनेपछि बिहान बेलुका टहल्नका लागि सुन्दर रमणीय गन्तब्य बनेको छ त्यो क्षेत्र । तर आजकाल चापाघाट बाट बाटो समेत पिच भए पछि त्यो क्षेत्र सयौंको संख्यामा लागू औषध दुर्ब्यशनीहरुको दिनदहाडै खुलेआम अखडा बनेको छ । मैले भनेको नपुगोस् तर प्रहरी प्रशासनको यस्तै हालत हो भने निकट भबिष्यमै दमौलीको कुख्यात अपराधिक केन्द्र बन्दैछ पराशर क्षेत्र । आजलाई बाचियो भोलिलाई रामराम । शान्ती सुरक्षाको भर पर्नु भन्दा आफै होसियार हुनु बेश । घरैमा बस्नुस, चुप लाग्नुस चुप नत्र......उपयोगी लागे जनहितको लागि शेयर गरौं 




Comments