काठमाडौं महानगरपालिकालाई व्यस्थित बनाउने यो अभियान ।

Image result for road cleaning machineकाठमाडौं महानगरपालिकाले ‘सफा काठमाडौं’ अभियान शुरु गरेको छ । महानगरपालिकाले काठमाडौंमा धुलो धुँवा सफा गरी सडकहरु सफा गर्ने भन्दै झण्डै १३ करोड बराबरका नयाँ सामग्री समेत खरिद गर्न लागेको छ । महानगरपालिका भित्रका सडक सफा राख्न भन्दै १२ करोड ९१ लाख १२ हजार ४ सय ६० बराबरका मेसिन खरिद गर्ने सम्झौता गरेको महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।
कार्कीका अनुसार महानगरपालिका भित्रका सडकमा जम्मा भएको धुलो धुँवा उठाएर सफा गर्नका ५ थान ठूला बु्रमर र ५ थान जेट मेसिन आगामी एक महिनाभित्र काठमाडागैं आइपुग्नेछन् । ५ थान ब्रुमरमध्ये ४ थान १६ टन बराबरका रहेका छन्, यी ब्रुमरको प्रतिथान मूल्य १ करोड ७९ लाख ५३ हजार १ सय १५ रुपैयाँ पर्नेछ । भने बाँकी ६ टन बराबरको एक थान ब्रुमरको मूल्य १ करोड ४८ लाख रुपैयाँ पर्ने महानगरपालिकाले जनाएको छ ।
बु्रमर खरिदका लागि महानगरपालिकाले गरेको बोलपत्र आह्वानमा आवेदन दिएकामध्ये नेपाली कम्पनी वेब्सले ब्रुमर अयातको ठेक्का पाएको छ । युरोपबाट ल्याउने सम्झौता भएको ५ थान ब्रुमरको जम्मा मूल्य ८ करोड ६६ लाख १२ हजार ४ सय ६० रुपैयाँ पर्नेछ ।
सडकमा पानी खन्याएर धुलो उड्नबाट रोक्न महानगरपालिकाले ५ थान जेट मेसिन समेत एक महिनाभित्र काठमाडौं ल्याएर प्रयोगमा ल्याइसक्ने जनाएको छ । जेट मेसिनको प्रतिथान मूल्य ८५ लाख रुपैयाँ पर्नेछ । नेपाली कम्पनी म्यापले आयातको ठेक्का लिएको जेट मेसिनको जम्मा मूल्य ४ करोड २५ लाख पर्नेछ ।
ब्रुमर मेसिनहरुले एक घण्टामा ५ किलोमिटर सडकको धुलो उठाउने र प्रतिदिन करिब २ सय किलोमिटर सडक सफा गर्ने हुँदा अब काठमाडौं धुलोमुक्त हुने महानगरपालिकाका प्रवत्ता कार्कीको दावी छ । ब्रुमरको धुलो उठाएपछि जेड मेसिनले सडकमा पानी हालेर ससानोतिनो धुलो उड्नबाट रोक्ने उनले बताए । कार्कीकाअनुसार बु्रमरले उठाएको धुलोलाई महानगरमै रहेको खाल्डाखुल्डी पूर्नमा व्यवस्थापन गरिनेछ ।
रातीको समयमा सडक सफा गरिने भएकाले आम मानिसलाई कुनै असहज नहुने उनको भनाइ छ । ‘महानगरवासीले अब स्वस्थ्य वातावरणमा जीउन पाउने अवस्थाको सृजना हामीले गर्दैछौं,’ प्रवक्ता कार्कीले भने, ‘नयाँ जनप्रतिनिधि आएपछि छोटो समयमै काम गर्न सकेन भनेर आलोचना त भए
। तर काठमाडौं महानगरपालिकालाई व्यस्थित बनाउने यो अभियान हामीले शुरु गरिसकेका छौं ।’ यो अभियानले महानगरपालिकाका मेयर बिद्यासुन्दर शाक्यको स्मार्ट सिटीको परिकल्पनाको शुरुवात भएको प्रवक्ता कार्कीको दावी छ ।
www.jhapapost.com बाट साभार गरिएकाे ।

भिडियाे हेनुहाेला । 

Comments