घाइते म्यादी प्रहरी बिनोद चौधरीको मृत्यु ।
दाङको तुल्सीपुरमा भएको बम विस्फोटनमा घाइते भएका म्यादी प्रहरीको मृत्युु भएको छ । रोल…. म्यादी प्रहरी तुल्सीपुर उपमहानगरपालिका –१८ का २३ वर्षका बिनोद चौधरीको मंगलबार राति उपचारको क्रममा शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुल्सीपुरले जनाएको छ ।
मंगलबार भएको बम विस्फोटनमा गम्भीर घाइेत चारजनाको नेपालगञ्जमा र अन्य तीनजनाको राप्ति अञ्चल अस्पताल तुल्सीपुरमा उपचार भइरहेको छ । नेपाली कांग्रेसको तुल्सीपुरमा भएको सभालाई लक्षित गरेर मंगलबार नचिनेका मानिसको समूहले गराएको विस्फोटमा आठजना घाइते भएका थिए ।
सरकारले बम बिस्फोटनमापरी निधन भएका म्यादी प्रहरी बिनोद चाैधरीका परिवारलाइ राहतस्वरूप रू १० लाख दिने निर्णय गरेको छ ।
Comments
Post a Comment