मेलम्ची पानी वितरण गर्ने पाइपलाइनको काम लगभग ९१ प्रतिशत पूरा भएका छन् । पाइपलाइनको वितरण सञ्जाल हालसम्म ६३३ कि.मी सम्पन्न भएको छ र थोक वितरण प्रणालीतर्फ ६६ कि.मी सम्पन्न भएको छ ।
अब वितरण सञ्जालतर्फ ४४ कि.मी र थोक वितरण प्रणालीतर्फ ५६ कि.मी बाँकी रहेको मेलम्ची खोनेपानी विकास समिति उपआयोजना–२ आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको आजको गोरखापत्रमा छ ।
वितरण सञ्जालको परीक्षणसमेत निर्देशनालयले गरिसकेको छ । परीक्षणबाट पाइप लिगेजको अवस्था, पानीको गतिका बारेमा जानकारी हुनुका साथै मुख्यत पाइपहरू सफा गर्ने काम भइसकेको निर्देशनालयका प्रवक्ता लीलाप्रसाद ढकालले बताए।
मेलम्चीबाट सुन्दरीजलमा आउने पानीलाई सोही स्थानमा प्रशोधन गरी उपत्यकाका विभिन्न स्थानमा वितरण गरिने छ । सुन्दरीजलबाट प्रमुख वितरण लाइन हुँदै चक्रथपका विभिन्न स्थानमा निर्माण गरिएको टङ्कीमा पु-याइने छ ।
उपत्यकामा नौवटा टङ्की निर्माण भइरहेका छन् । जसमध्ये ८ वटा टङ्की निर्माण सम्पन्न भई फिनिसिङको चरणमा रहेको प्रवक्ता ढकालले बताए ।

Comments